play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

१३ औं साग अन्तर्गत १० वटा स्पर्धामा नेपाललाई स्वर्ण

0


मंसिर १६ ।
साग खेलकुदअन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले चौथो स्वर्ण जितेको छ । नेपालका लागि पुम्सेमा आयशा शाक्यले स्वर्ण जित्न सफल भएकी हुन् । उनले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन् । यसअघिे आजै तेक्वान्दोमा कमल श्रेष्ठ, सीना लिम्बू र पार्वती गुरुङले स्वर्ण पदक हात पारेका थिए । यस्तै, कराँतेका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्णको कीर्तिमान बनाएका छन् । पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दैे स्वर्ण पदक जितेका उनले सामुहिक कातामा पनि स्वर्ण बटुलेका हुन् । सामुहिक कातामा मण्डेकाजी, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

उता ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छिन् । उनी १३औं सागमा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी बनेकी थिइन् । तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जितेका छन् यस्तै, करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १–० को जित निकालेका हुन् । यस्तै, नेपाली महिला कराँते टिमले सामुहिक कातामा पनि स्वर्ण पदक जितेको छ । यस्तै, नेपालका विप्लब लाल श्रेष्ठले करातेको व्यक्तिगत पुरुष कुमुतेतर्फ स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । नेपालले फाइनलमा पाकिस्तानलाई हराएको हो । पदक तालिकामा नेपाल १० स्वर्ण, चार रजत र दुई काँश्य गरी कूल १५ पदक सहित पहिलो स्थानमा छ । दोश्रो स्थानमा रहेको भारतले एक स्वर्ण सहित चार वटा पदक बटुलेको छ ।

Share.

Leave A Reply