play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं साग अन्तर्गत ७ वटा स्पर्धामा नेपाललाई स्वर्ण

0


मंसिर १६ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छिन् । योसँगै सोनी १३ औं सागमा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी बनेकी छिन् । पोखरामा भएको महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् । स्वर्ण र रजत भारतका खेलाडीले जिते । यस्तै, तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् । सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।

यस्तै, करातेका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्णको कीर्तिमान बनाएका छन् । उनले नेपाललाई पहिलो स्वर्ण दिलाए । पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ । तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जितेका छन् यस्तै, करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन् । यस्तै, करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।

Share.

Leave A Reply