play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सनराइजको अभिभावक दिवस

0

सिनर्जी डेक्स ।
मंसिर १५ गते ।

सनराइज वोर्डिङ स्कुलको वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यार्थीहरुको विभिन्न कलाप्रस्तुत गर्दै स्कुलले ३२ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवको उद्घाटनको दिन शुक्रवार नर्सरी देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला देखाएका थिए । भने शनिवार कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले प्रस्तुती राखेका थिए ।
स्कुलको प्रांगणमा भएको कार्यक्रममा विद्यार्थीका अभिभावक सहित शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो । विद्यार्थीहरुले सास्कृतीक प्रस्तुती, नाटक लगायतका विभिन्न रचनात्मक कार्यहरु स्टेजमा प्रस्तुत गरेको इसिए कोअर्डीनेटर भुमीराज तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा परीक्षामा तथा अतिरीक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।

स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाले विद्यार्थीहरुको क्षमता संगै आत्मविश्वास बढाउनको लागि फरकढंग बाट वार्षिकउत्सव तथा अभिभावक दिवस मनाईएको बताउनुभयो । उहाँले स्कुलले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनु भयो ।उहाले अभिभावकलाई इंगित गर्दै भने, ’ कलिला मुना हामीलाई सुम्पिनु भएको छ, हामी ती मुनाहरुलाई सुगन्धित फूल बनाउन कटिवद्ध रहनेछौं। त्यसका लागि सदैव स्कुल, विद्यार्थी र अभिभावको साथ र सहयोगको खाँचो परिरहनेछ।’ उहाँले थपन्नु भयो – हामीले दिने शिक्षा व्यवहारीक हुनेछ । प्रयोगात्मक शिक्षामा हाम्रो टिमले जोड् दिएको छ ।

सनराईज् वोडिङ्ग स्कुल सिजी ग्रुपको व्यवस्थापनमा संचालन भएको स्कुल हो । अहिले विद्यालयमा २२ सय बढि विद्यार्थी अध्ययनरत छन् ।

Share.

Leave A Reply