play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

रोटरी क्लव अफ भरतपुरको प्रशंसा

0

मंसिर १५-  रोटरी क्लव अफ भरतपुरले गरेका सामाजिक कामको प्रशंसा भएको छ । अफिसियल डिजि भ्रमण तथा क्लवको चौथो विद्यान सभाको अवसरमा क्लवको कामको अवलोकन गर्दै रोटरी इन्टरनेश्नल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर किरण लाल श्रेष्ठले क्लवको हाल सम्मको काम उत्कृष्ट रहेको बताउदै क्लवका अध्यक्ष इन्जिनीयर शुरेस बहादुर सेन ठकुरी सहित क्लवमा आवद्ध व्यक्तिहरुको प्रंससा गनुभएको थियो ।

गर्भनर श्रेष्ठले क्लवले भरतपुरको जखडीमाई आधारभुत विद्यालयमा सुरु गरेको टिच कार्यक्रमको उहाँले प्रसंसा गर्दै २०३० सम्म नेपाललाई साक्षर बनाउने अभियानमा क्लवले महत्वप्ुर्ण जिम्मेवारी लिएको बताउनु भयो । यस्तै क्लवले विभिन्न समयमा गरेको ट्रफिक सचेतना कार्यक्रम,रक्तदान कार्यक्रम, निशुल्क स्वास्थय शिविर, ह्रवील चियर वितरण,जेष्ठनागरीक सम्मान कार्यक्रम , वृक्षारोपण कार्यक्रम लगायतको प्रशंसा गर्दै यसको निरन्तरताको लागि उहाँले अनुरोध पनि गनुभएको थियो । उक्त अवसरमा रोटरी क्लव अफ भरतपुरका अध्यक्ष इन्जिनीयर शुरेस बहादुर सेन ठकुरीले क्लवले समाजका हरेक सकारात्मक कार्यमा आफ्नो जिम्मेवारी बहन गर्दै काम गर्ने बताउनु भएको थियो ।

Share.

Leave A Reply