play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

जापानका प्रधानमन्त्री राजनीतिक रुपमा अपरिपक्व र मूर्ख रेहेको उतर कोरियाको आरोप

0


मंसिर १५ ।
उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई राजनीतिक रुपमा अपरिपक्व र मूर्ख भएको आरोप लगाएको छ ।

उत्तर कोरियाले आफ्नो पछिल्लो मिसाइल परीक्षणमा जापानले गलल आरोप लगाएकोसमेत टिप्पणी गरेको छ । गत विहीबार उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेपछि जापानले उक्त कदमको निन्दा गरेको थियो ।

उत्तरले बारम्बार मिसाइल प्रक्षेपण गरेर विश्वलाई खतरा उत्पन्न गराइरहेको प्रधानमन्त्री आबेले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

तर उत्तर कोरियाले भने जापानको प्रतिक्रियाको खण्डन गर्दै नियमित परीक्षण भएको दावी गरेको छ । सरकारी सञ्चामाध्यममा देखाइएको दृष्यमा नेता किम जोन उङले मिसाइल परीक्षणको निरीक्षण गरेका थिए ।

उत्तर कोरियाले पटक पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिवन्धको सामना गरिरहेको छ ।

उत्तर कोरियाले आफूमथि लगाइएको प्रतिबन्ध हटाउन चाहेपनि गत वर्षको फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता बिथोलिएपछि दुई देशको सम्बन्ध राम्रो हुन सकेको छैन ।

Share.

Leave A Reply