play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बेलायतको लण्डन ब्रिजमा छुरा प्रहार गरी दुई जनाको हत्या

0


मंसिर १४ ।
बेलायतको लण्डन स्थित लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् । चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसी तथा सिएनएनसहितका सञ्चारमाध्यमले जनाएका छन् । अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ । आरोपित आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ । आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् ।

Share.

Leave A Reply