play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

तालिवानी लडाकूसँग वार्ता गर्न ट्रम्प तयार

0

मंसिर १३ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका तालिवानी लडाकूहरुसँग वार्ता गर्न चाहेको बताएका छन् । अफगानिस्तानको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले तालिवानहरुले सम्झौता गर्न चाहेकाले अमेरिका उसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । इराकमा रहेका आफ्ना सैनिहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले तालिवानहरुसँग वार्ता गर्न चाहेको बताएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेको बताइएको छ । तालिवानीहरु शान्तिपूर्ण आन्दोलनमा आए अमेरिकाले अफगानिस्तानमा रहेका सैनिकको संख्यासमेत कटौती गर्नेबारे सोच्न सकिने ट्रम्पले बताए । तालिवानीले एक अमेरिकी र एक अष्ट्रेलियाली नागरिकलाई नियन्त्रणमा लिएर रिहा गरेको एक सातापछि ट्रम्पले अफगानिस्तानको भ्रमण गरेका हुन् । वार्ता सकारात्मक भए आठ हजार भन्दा बढी सैनिक कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजना रहेको बताइएको छ ।

Share.

Leave A Reply