play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवन मेडिकल कलेजले  अतिरिक्त शुल्क समायोजन प्रक्रिया सुरु

0

चितवन, मंसिर १२।
चिकित्सा क्षेत्रमा देखिएको लामो समयदेखिको विवाद लगभग अन्त्य भएको छ । सरकार र मेडिकल कलेज संचालकबीच भएको सहमतिले विद्यार्थीहरुले उठाउँदै आएको आवाज लगभग टुंगोमा पुगेको छ ।

सरकारसंग गरिएको सहमति अनुसार चितवनमा आन्दोलनको केन्द्र बनेको चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क समायोजन प्रक्रिया सुरु गरि सकेको छ ।कलेजले सहमति भएको अर्को दिन बुधबारदेखि नै समायोजन प्रक्रिया अघि बढाएको हो । मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानले सरकारसंग गरिएको सम्झौताको आधारमा समायोजन प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले समायोजनका लागि विद्यार्थीले भौचर देखाउन नपर्ने बताए । उनले समायोजन प्रक्रियाका लागि हिजो नै कलेजले सूचना जारी सकेको बताए ।

Share.

Leave A Reply