play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

एकैदिन नेप्सेमा तीन कम्पनीका १ करोड १८ लाख ६२ हजार ४ सय २१ कित्ता शेयर सूचिकृत

0

ठ २३ । आज एकैदिन नेप्सेमा तीन कम्पनीका १ करोड १८ लाख ६२ हजार ४ सय २१ कित्ता शेयर सूचिकृत भएको छ ।

आज शेयर सूचिकृत हुने वित्तीय संस्थाहरुः

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेड को बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ५ लाख २६ हजार ८ सय ५० कित्ता बोनस शेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।

एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था को शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १ लाख १५ हजार कित्ता बोनस शेयर र ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको बोनस र हकप्रद शेयर गरेर ६ लाख ६७ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेड को ६ लाख ६८ हजार ५ सय ७१ दशमलव ४८ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share.

Leave A Reply