play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि नेपाली सुन बजारमा पनि त्यसको असर पर्ने

0

जेठ २३ – सात राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि नेपाली सुन बजारमा पनि त्यसको असर पर्ने भएको छ । अहिले खाडी देशबाट सुन आयात भइरहेकाले यसको प्रत्यक्ष असर सुन बजारमा पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले बताउनुभयो ।उहाँका अनुसार सात राष्ट्रको प्रतिबन्धपछि कतारले अब चाल्ने कदमले नेपाली सुन बजारमा प्रभाव पर्नेछ । कतारबाट कुनै ठोस निर्णय आइनसकेकोले पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । यसैबिच मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ५५ हजार ३ सय रुपैयाँमा पुगेको छ ।यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । यो महिना लागेपछि सुनचाँदीको कारोबार सुस्त भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चुनावको चटारो र खासै विवाह लगन नभएकाले कारोबार सुस्त भएको हो ।

Share.

Leave A Reply