play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

दरबार हाइस्कुल पुनर्निर्माण मंसिरभित्र सकिने

0

मंसिर,६।
नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कूल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल तोकिएको समय भन्दा अगावै निर्माण सकिने पक्का छ ।क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउनबाट निर्माण शुरु भएको थियो ।२० महिनामा सक्ने लक्ष्य राखेर शुरु भएको पुनर्निर्माण २६ महिनामा नै सकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले निर्माणको काम लगभग सकिएको बताए ।अहिले हाइस्कुलको रंगरोगन भइरहेको उनले जानकारी दिए । पुननिर्माणको रेखदेख गरिरहेको शिक्षा मन्त्रालयले मंसिरभरिमा सबै काम सकिने बताएको छ ।मूख्य भवनको पुनर्निर्माण जेठमै सकिएको थियो । भवनको छेउमा रहेका संरचना, भवनका झ्याल ढोकालगायतका केही कामहरु भने बाँकी थिए ।

अहिले ती कामहरु सकिएको मन्त्रालयले बताएको छ ।पुनर्निर्माण सम्पन्न भवनमा ४ तला र ४६ कोठा छन् । २०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो ।दरबार हाईस्कूलको पुननिर्माण सम्पन्न हुने भएपछि काठमाडौं महानगरपालिकालाई पनि राहत मिल्नेछ । दरबार हाईस्कूल पुनर्निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनीले निर्माण सामग्री खुलामञ्चमा राखेको छ । त्यसले गर्दा खुलामञ्च ‘बन्द मञ्च’ बन्न पुगेको छ ।अहिले केही अभियन्ताहरुले टुँडिखेल जोगाउन भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान पनि शुरु गरेका छन् । खुलामञ्चमा ठेकेदारको सामान राख्न दिइएको भन्दै महानगरको आलोचना हुने गरेको छ ।‘सामग्री राख्न ठाउँ दिनैपर्ने थियो, स्कूल हाम्रै हो’ महानगरका एक कर्मचारीले भने, ‘हाइस्कूल बनिसकेपछि खुलामञ्च खाली हुन्छ, त्यसपछि अकुपाई अभियानको पनि अर्थ रहदैन ।’

Share.

Leave A Reply