play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

मालपोत कार्यालय सिरहाका प्रमुख पाँच लाख रुपैयाँ घुससहित पक्राउ

0

मंसिर ६ ।
अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई आज बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो । सूचना अधिकारी घिमिरेका अनुसार मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए । घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो । मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिइ बर्दिबास लगिएको छ ।

Share.

Leave A Reply