play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नारायणी कला मन्दिरमा ‘चरनदास चोर’

0

सिनर्जी संवाददाता, मंसिर ४, भरतपुर ।
काठमाण्डौंको मण्डला थिएटरको सहकार्यमा नारायणी कला मन्दिरले चरनदास चोर नाम नाटक मञ्चन गर्ने भएको छ । नाटक भोलि  दिनको साढे तीन बजे नारायणी कला मन्दिरमा प्रिमियर गर्न लागिएको हो । करिब डेढ महिनासम्म कला मन्दिरमा चलेको नाट्य कार्यशालामा सहभागी नवप्रतिभाहरूलाई छनौट गरी नाटक तयार पारिएको हो । नाटकमा करिब २५ जना युवाहरूले अभिनय गरेका छन् । सन् १९७५ मा हबीब तनवीरद्वारा लिखित हिन्दी भाषाको नाटक चरनदास चोरलाई आशान्त शर्माले नेपाली भाषामा अनुवाद गरेका हुन् । विजयदान देवाकै कथालाई लिएर मण्डलाका विकास जोशीले नाटकको निर्देशन गरेका हुन् । नाटक एक घण्टा २० मिनेट लामो रहने छ । निर्देशक जोशीले नाटकलाई मंसिर २० र २१ गते मण्डला थिएटरमै प्रदर्शन गर्ने तयारी समेत रहेको बताए ।

नाट्यशालामा सिकेका कुरालाई कहाँ लगेर कसरी प्रयोग गर्ने भन्ने विषयमामा विद्यार्थीहरूलाई मार्ग देखाउनु त्यसको उद्देश्य रहेको उनले सुनाए । नाटकको बजार चितवनमा पनि रहेको बताउँदै निरन्तर नाटकहरू आयोजना हुन नसकेकोप्रति जोशीले चिन्ता व्यक्त गरे । नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले पनि छोटो समयमा नै युवाहरूको परिश्रमले नाटक तयार भएको भन्दै सबै कलाकारहरूको प्रशंसा गर्नुभएको थियो । नाटकलाई निरन्तरता दिन पुस्ताबीचको अन्तरलाई कम बनाउँदै जानुपर्ने उनले बताए । मंसिर ७ गते पोखराको हिमाली सांस्कृतिक परिवारको उपस्थितिमा सांस्कृतिक भ्रमण आदान प्रदान हुन लागेको र कला मन्दिरको साधारणसभा पनि नजिकै रहेकाले पुस महिना सुरु भएपछि मात्र नाटक पुनः प्रदर्शन गरिने प्रधानले जानकारी दिए । नयाँ भाइबहिनीहरूलाई सल्लाह र सुझवको खाँचो रहेको बताउँदै प्रधानले एक पटक कला मन्दिर आई नाटक हेर्न अनुरोध समेत गरेका थिए ।

Share.

Leave A Reply