play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

प्रधानमन्त्री ओलीले सरकार र दाहालले पार्टी चलाउने

0

मंसिर ४ ।
नेकपा सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउने भएका छन् । आज प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओलीले सरकारको र दाहालले पार्टी सञ्चालनमा कार्यकारी भूमिका सहितको जिम्मेवारी लिने निर्णय गरेको हो । दुई अध्यक्षको वरियतामा ओलीको पहिलो र दाहालको दोस्रो यथावत रहनेछ। सचिवालय स्रोतका अनुसार बैठकको अध्यक्षता संयुक्त रुपमा गर्ने भएता पनि सञ्चालन दाहालले गर्नेछन । केही समय देखि पार्टीमा एक व्यक्ति एकको जिम्मेवारी हुनुपर्ने एजेण्डा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएका थिए । सचिवालयको आजको निर्णयसँगै ओली पाँचै वर्ष प्रधानमन्त्री हुने निश्चित भएको छ । दाहाललाई पार्टीको कार्याकारी जिम्मेवारी दिए पनि सरकार र पार्टी सञ्चालनमा दुवै नेताको समझदारीमा हुने सचिवालयको निर्णय छ । राजनीतिक स्थायित्वको सन्देश दिन यो प्रतिनिधिसभाको अवधिभरी नै ओली प्रधानमन्त्री रहने गरी सचिवालयले निर्णय गरेको हो ।

Share.

Leave A Reply