play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

0

चितवन, मंसिर, ४ ।
चितवन एक्स्पो सेन्टर भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ हुने भएको छ । “कृषिको रुपान्तरण कृषिमा यान्त्रीकरण” भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ९ गते सम्म चितवन एक्स्पो सेन्टर भरतपुर प्रदर्शनी स्थलमा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कृषि सम्बन्धि आधुनिक प्रविधि, कृषि ओजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको प्रदर्शनी स्थलका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कृषकहरुलाई व्यवसायिकिकरण गर्न प्रदर्शनी आयोजन गर्न लागिएको महासचिव कृष्ण शर्माले बताउनुभयो । कृषि यान्त्रीकरण व्यवसायी र कृषक बीच समन्वय गर्न टेवा पुग्ने बिश्वास लिएको महासचिव शर्माले बताउनुभयो । प्रदर्शनी अवलोकन गर्न अवलोकन कर्ताहरुलाई निशुल्क व्यवस्था मिलाईएको छ । एक सय भन्दा धेरै प्रदर्शनीकर्ता रहनुका साथै २ हजार कृषि आन्त्रिकीकरण रहनेछन् । चार दिन सम्म चल्ने प्रदर्शनीमा ७० जिल्लाका ३५ हजार दर्शकले अबलोकन गर्ने बताईएको छ । प्रदर्शनी स्थलमा १० करोड भन्दा बढी व्यापार हुने आयोजकले अनुमान गरेको छ ।

Share.

Leave A Reply