play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

प्रशिक्षक मोरिन्हो टोटेनहमको मुख्य प्रशिक्षकमा नियुक्त

0

मंसिर ४ ।
इन्ग्लिश क्लब टोटेनहमले पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । टोटेनहमले आज मोरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो । चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् । यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि टोटेनहमले पोचेटिनोलाई बर्खास्त गरेको हो । यस सिजन टोटेनहम लिगको १४ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply