play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

0

मंसिर ४ ।
अफगानिस्तानमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् । यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् । तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन् ।

Share.

Leave A Reply