play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु

0

मंसिर ४ ।
मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन । सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ । दुबै नेताले सचिवालय बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

Share.

Leave A Reply