play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवनका तिन रोटरी क्लवबाट ह्विलचियर वितरण

0

सिनर्जी डेक्स, चितवन ।

चितवनका तिन रोटरी क्लवले संयुक्त रुपमा भरतपुर हस्पिटलमा ह्वलचियर वितरण गरेका छन् । रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ चितवन र रोटरी क्लव अफ नारायणगढले एक कार्यक्रमको आयोजना गर्दै अस्पतालमा ह्वलचियर वितरण गरेका हुन । स्पाइनल एन्जुरकिा १५ जना विरामीलाई ह्वलचियर वितरण गरिएको रोटरी क्लव अफ भरतपुरका अध्यक्ष शुरेश बहादुर सेन ठकुरीले जानकारी दिनुभयो । ह्वलचियर हस्तान्तरण कार्यक्रममा अस्पतालका मेसु श्रीराम तिवारी, रोटरी क्लवका डिष्ट्रक एडिसनल सेक्रेटरी आईपी ढकाल लगायत चिकित्सकहरु र विरामीका आफन्तहरुको सहभागीता थियो ।रोटरी क्लव अफ नारायणगढका अध्यक्ष सुसन लाला प्रद्यानले स्वागत मन्तव्य राख्नुभएको  ह्वलचियर हस्तान्तर कार्यक्रम रोटरी क्लव अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply