play_circle_outline On Air

शैक्षिक डबली

play_circle_outline On Air

शैक्षिक डबली

चितवनमा ३० बुँदे सुरक्षा कार्ययोजनालाई सफल वनाउँदै

0

मंसिर , ३।
जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको सुरक्षा कार्ययोजनालाई प्रभावकारी ढंगले कार्यन्वयन गरिरहेको छ । चितवन प्रहरीको कमाण्ड सम्हालेका एसपी दानवहादुर मल्लले प्रहरीको सेवा प्रभावकारी वनाउन विभिन्न ३० बुँदे वार्षिक कार्ययोजना सार्वजनिक गरेका थिए ।प्रहरी संगठनको आन्तरीक सुदृढिकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचबिखन, अनैतिक क्रियाकलाप नियन्त्रण, अवैध मदिरा तथा लागुऔषध नियन्त्रणमा उनलाई सफलता हात परेको छ। आन्तरीक सुदृीकरणका लागि मल्लले आउनासाथ घुमुवा प्रहरी हटाएका थिए भने मातहतका चौकीका बद्ननाम इन्चार्जलाई पनि हटाएका थिए। जसका कारण सेटिङ मिलाएर अवैध धन्दा गराउने गिरोहहरु अहिले सल्बलाउन छाडेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयले सुचना संकलन तथा विश्लेषण शाखालाई पनि प्रभावकारी रुपमा सन्चालन गरेको छ ।

एसपी मल्ल चितवन आएपछि सो शाखा स्थापना गरिएको हो । कुनै पनि आपराधिक क्रियाकलापको ठोस परिणाम आउने गरी शाखा स्थापना गरिएको एसपी मल्लले वताए । शंकास्पद घटनाका बारेमा सोही शाखाले काम गरिरहेको एसपी मल्ल वताउँछन। एसपी मल्लले जिल्लामा सरकारद्धारा प्रतिबन्धीत विप्लब समुहको गतिविधिलाई प्रमुख सुरक्षा चुनौतिका रुपमा लिएर कडा निगरानी गरिरहेको बताए ।प्रहरीलाई प्रविधिमैत्रि बनाउन सिसि क्यामेरा थप्ने, सुेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न स्थानमा प्रहरी पोष्ट थप्ने लगायतका काम पनि हुन थालेका छन्। चितवनमा लागुऔषधको अबैध कारोबार गर्ने गिरोहका क्रियाकलाप पनि नियन्त्रणउन्मुख भएको छ भने गुण्डागर्दी नियन्त्रणमा पनि प्रहरीले सफलता हासिल गरेको छ ।एसपी मल्लले बढी मुल्य लिएर कम स्पिडको इन्टरनेट उपलब्ध गराउने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको ठगी धन्दामाथि पनि छानविन थालिएको वताएका छन्।त्यस्तै एलटी एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रालि नामको संस्था मार्फत चितवन जिल्लामा सर्वसाधारणहरुलाई प्रलोभनमा पारी नेपालमा प्रतिवन्धित नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गर्ने गिरोहलाईलाई पनि उनले कानुनी दायरामा ल्याइसकेका छन् ।उनीहरुले धरान,पोखरा,नेपालगन्जलगायतका मुख्य शहरहरुमा शाखा खोली सात करोड बढी ठगी गरेको खुलेको थियो ।आइसीसी विश्वकप क्रिकेट २०१९ प्रगियिोगितामा सट्टेवाजी खेलाएको अभियोगमा चितवन प्रहरीले गिरोहका नाइके मुकेश साहलाई पक्राउ गरी मुद्दा चलाएको थियो भने चेपाङ बालबालिकाहरुलाई निशुल्क पढाई दिने भनि अभिभावकलाई प्रलोभनमा पार्ने गिरोहको पक्राउ देखी दर्जनौ वालबालिकाहरुको उद्दार समेत गरिएको थियो।

Share.

Leave A Reply