play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवनमा रगत अभाव

0

चितवन,मंसिर ३ ।
मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनमा रगतको अभाव हुन थालेको छ । जिल्लामा भएका ठूला अस्पतालहरुमा रगतको खपत बढेपछि रगतको अभाव हुन थालेको हो । जिल्ला रेडक्रस सोसाइटी चितवनका अनुसार जिल्लामा फैलिएको डेंगु, धान काट्ने सिजन र कलेजहरु विदा भएका कारणले रगत अभाव भएको हो । साथै रक्तदान कार्यक्रम समेत विगतको तुलनामा निकै कम भइरहेको रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । माग अनुसारको आपूर्ती गर्न निकै कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए । बिरामीका आफन्तहरु रगतको अभावमा यत्रतत्र भौँतारिने गरेको पाइन्छ । रगत उपलब्ध गराउन पहुँच हुनेहरुलाई सजिलो र अन्यलाई समस्या हुने गरेको गुनासो आउन थालेको छ । जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पताल जस्ता ठूला सरकारी अस्पताल र झण्डै दुई दर्जन निजी अस्पताल छन् । यहाँका अस्पतालहरुको सेवा पछिल्लो समयमा विशिष्टीकृत हुँदै गएकोले रगतको माग पनि बढ्दै गएको उनले बताए । जिल्लामा दैनिक जसो हुने सवारी साधन दुर्घटना, पूर्वपश्चिम राजमार्गको बारा, पर्सा रौतहट, सर्लाहीदेखि बुटवल कपिलबस्तुसम्मको लामो खण्डमा हुने दुर्घटनाका घाइतेहरु उपचार भरतपुरमा नै उपचार हुँदै आएको छ ।

Share.

Leave A Reply