play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु,चितवनको इच्छाकामनामा स्थानीयद्धारा पृथ्वी राजमार्ग अवरुद्ध

0

मंसिर १ ।

प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् । आज दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए । स्थानीले सडकमा बार हालेर अवरोध गरेका छन् । सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

गए राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भाग्ने क्रममा ठाउँ मेसो नपाउँदा घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ । चितवनका प्रहरी प्रमुख एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताए । प्रहरी नियन्त्रणमा प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेको प्रहरी प्रमुख मल्लले बताए । तर स्थानीय वासिन्दाले कँडेलको कुटपिटबाट मृत्यु भएको भन्दै विरोध जनाएका छन् ।

 

Share.

Leave A Reply