play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

बङ्गलादेशका राष्ट्रपति हमिद नेपाल आइपुगे

0

कात्तिक, २६ ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन् । चार दिवसीय भ्रमणका लागि उनी केहीबेरअघि त्रिभुवन विमानस्थलमा ओर्लेका हुन् । परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद आरामका लागि म्यारिएट होटलमा जानेछन् । उनले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् । भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । उनी बिहीबार साँढे ११ बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ । बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply