play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

जनतालाई उत्साहित बनाउन कांग्रेसले जित्नुपर्छ-मीनेन्द्र रिजाल

0

कात्तिक,२६।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने,‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्,उनीहरूलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्न सक्नुपर्छ ।

’नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए । उनले देश र समाजप्रतिको त्याग,बलिदान एवं निष्ठाका पक्षमा उभिन पनि आग्रह गरे । रासस

Share.

Leave A Reply