play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

बंगलादेशसँग नेपालको व्यापार असन्तुलनतर्फ

0

कार्तिक ,२६।
तीन दशकपछि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण आजबाट हुँदैछ । नेपाल र भारत दूरीका हिसाबले निकट छिमेकी भए पनि खासै घनिष्टता यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । खासगरी दुई देशबीच व्यापारिक सम्बन्ध प्रवद्र्धन गर्ने धेरै क्षेत्रहरू रहेको विज्ञहरू बताउँछन् ।नेपालबाट र बंगलादेशको दूरी ४४ किलोमिटर मात्रै हो ।

दुई देशबीच द्विपक्षीय व्यापार सुरुवात भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ ।दुई मुलुकबीच ०३२ मै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भए पनि आर्थिक वर्ष ०५४र५५ बाट मात्रै व्यापार सुरु भएको थियो । सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म दुई देशबीचको कुल व्यापार करिब ५५ अर्ब हाराहारीमा रहेको देखिन्छ ।६० को दशकमा बंगलादेशसित नेपालको व्यापार सन्तुलनमा थियो । तर, पछिल्ला केही वर्षदेखि नेपालको निर्यात खस्किँदै गएको छ ।नेपालबाट मुसुरो दाल, गहुँ, ह्याण्डी क्र्राफ्ट, जडिबुटी, पस्मिना र धागोजन्य सामग्री प्रमुख रूपमा बंगलदेश निर्यात हुने गरेको छ । बंगलादेशबाट भने ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिक आइटम आयात भईरहेका छन् । गत वर्षसम्म उच्च रूपमा आयात भइरहेको इनर्जी जुस भने नेपालको प्रतिबन्धपछि रोकिएको छ ।

Share.

Leave A Reply