play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

आलमको मुद्दामा आज पनि प्रतिवादीको तर्फबाट बहस जारी

0

रौतहट,कात्तिक, २६ ।
हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीको तर्फबाट बहस जारी छ । हिजो कानुन व्यावसायी शेरबहादुर केसीलगायत चार जनाको मात्र बहस सकिएकाले बाँकी कानुन व्यवसायीहरुले आज बहस गरिरहेका छन् । बहस गर्ने कानुन व्यवसायी धेरै हुँदा आलमको मुद्दा लम्बिएको जिल्ला अदालत रौतहटले जनाएको छ । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ ।

Share.

Leave A Reply