play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

यू-१९ राष्ट्रिय महिला क्रिकेटमा नेपाल र थाइल्याण्ड भिड्दै

0

कार्तिक,२५ ।
नेपाली यू-१९ राष्ट्रिय महिला क्रिकेट टिमले आज थाइल्याण्डसँग खेल्दै बी एण्ड आर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सुरुवात गर्दैछ । चीनको संघाईमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टिम थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बिहान सवाँ ११ बजे सुरु हुनेछ । नेपाल थाइल्याण्डलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिम डली भट्टको कप्तानीमा मैदान उत्रने छ । यस्तै नेपालले भोली दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ । यस्तै बुधबार मलेसिया र बिहिबार नेपालले म्यानमारसँग खेल्नेछ ।

Share.

Leave A Reply