play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भरतपुरको सरकारी अस्पतालमै उपलब्ध रगत परीक्षण निजी ल्याबमा पठाउने गरेको खुलासा

0

चितवन,कात्तिक,२५ ।

सरकारी अस्पतालमै उपलब्ध रगत परीक्षणका लागि पनि चितवनका निजी ल्याबमा पठाउने गरेको पाइएको छ । केही निजी ल्याबसंगको सेटिङमा यस्तो हुने गरेको बिरामीको गुनासो छ । भरतपुर अस्पतालमा उपचाररत अधिकांस विरामीको फाइलमा भरतपुरका नाम चलेका निजी ल्याबका रिपोर्ट भेटिने गरेका छन् । सरकारी अस्पतालमै उपलब्ध सामान्य परीक्षणका लागि पनि बिरामीलाई निजी ल्याबमा पठाउने गरेको पाइएको हो । डेंगु र स्त्रब टाइफसको परिक्षणका लागि पनि निजी ल्याबका रिपोर्ट भेटिएका छन् । भरतपुर अस्पताल पुगेका विरामी त्यहाँ कार्यरत ल्याब कर्मचारीकै सल्लाहामा परीक्षणका लागि एनआएल,आइआरएल,आरडिएल,सिआरएललगाएत निजी ल्याबमा पुगेको देखिन्छ ।

अस्पतालका विभिन्न वार्डमा शुक्रबार र आइतबार गरिएको नमुना सर्वेक्षणमा ती निजी ल्याबको रिपोर्ट पाइएको हो । ८० प्रतिशत बिरामीसंग निजी ल्याबका रिपोर्ट भेटिएका छन् । आरडिएल र केही ल्याबमा सरकारी अस्पतालकै ल्याब र अन्य कर्मचारीको समेत लगानी छ । त्यहाँ सरकारी अस्पतालमा समेत काम गर्ने केही कर्मचारी कार्यरत छन् ।

‘स्वैच्छिक हिसाबले कोही बिरामी अस्पताल बाहिरका ल्याबमा गएर सेवा लिनु स्वाभाविक हो,तर अस्पतालकै ल्याब र नर्सिङ स्टेसन इन्चार्जको मिलेमतोमा अधिकांस विरामीको परिक्षण निजीमा हुने गरेको छ,एक नर्सले भनिन् । ल्याबमा काम गर्ने कर्मचारीको मिलेमतोमा अस्पतालले दिन सक्ने सेवाका लागि पनि निजीमा पठाउने गरिएको छ । ‘निजी ल्याबमा पठाउन डाक्टरहरुले कमैमात्र जोड गर्छन,एक कर्मचारीले भनिन्,बढी भूमिका ल्याबकै कर्मचारीको हुन्छ । सेटिङ मिलाउन नर्सिङ इन्चार्जको पनि हात छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीराम तिवारीले समस्याबारे आफू जानकार रहेको भएपनि नियमन गर्न नसकेको बताए । उनले कमिसनको लोभमा निजी ल्याबमा परीक्षण गराउन पठाउने गरेको पाइएको बताए । अस्पतालको ल्याबमा सामान्य रिपोर्ट आउन पनि ३ घण्टा लाग्ने गरेको विरामीको गुनासो छ । नयाँपत्रिका दैनिकबाट

Share.

Leave A Reply