play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

आज नेकपाको सचिवालय बैठक बस्दै

0

कार्तिक, २५।
नेकपाको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठकमा मन्त्रिपरिषद पुर्नगठनका बारेमा छलफल हुने बताइएको छ ।सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि सचिवालयमा छलफल थालेका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे हिजो उनले पार्टीका अर्र्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।मन्त्रीहरुको काम प्रभावकारी नभएको भन्दै केही समयअघि भएको समीक्षा बैठकमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए ।

उनले आफ्नो सचिवालयमा रहेका सबै सदस्यको पनि राजीनामा मागेका छन् ।प्रधानमन्त्रीको चाहना अनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने निश्चित भएको बताइएको छ । मंसीर १४ गते हुने उपनिर्वाचनअघि नै मन्त्रीपरिषद पुर्नगठन हुने तयारी भएको बताइएको छ ।केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतभन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोज्नु भएको स्रोतले बताएको छ ।

Share.

Leave A Reply