play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

ज्योतिनगरमा मस्तिष्क पक्षाघातको सचेतना एवम् साङ्गीतिक कार्यक्रम सम्पन्न

0

भरतपुर -२६,ज्योतिनगर मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समुह भरतपुर-२६ र मस्तिष्क पक्षाघात स्वावलम्बन समुह धापाखेल ,ललितपरको संयुक्त आयोजनामा मस्तिष्क पक्षाघात सचेतना एवम् साङ्गीतिक कार्यक्रम सम्पन्न भयो । यस सचेतना कार्यक्रमको अध्यक्षता लक्ष्मिकान्त घिमिरेले गर्नु भएको थियो र प्रमुख अतिथि वडा नं-२६का वडाध्यक्ष ज्ञानप्रसाद खनाले पानसमा वत्ति बालेर कार्यक्रमको आैपचारिक उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा डा. चन्द्रलेखा तुलाधर, मिसेस युनिभर्स नेपालकी मनिशा डङ्गोल ,वडा नं २६का वडा प्रमुख, कार्यक्रमकाे मुल संयोजक मुक्ति प्रसाद ढकाल, आर्थिक संयोजक काशी नाथ घिमिरे , मस्तिष्क पक्षाघात स्वावलम्बन समुह धापाखेलका कार्यकारी प्रमुख विमल लाल श्रेष्णले मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाई विशेष स्याहार सुसार र पुनर्स्थापनाको आवस्यकतामा पर्नेजोडदिनु भयो । उक्त कार्यक्रममा मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतनामुलक नाटक पनि देखाईएको थियो । साथमा सुमधुर स्वरका धनि शिव परिवार, वुनु श्रेष्ठ, राष्टिय लोक दोहोरे गायक मुक्ति सापकोटाको साङ्गितिक प्रस्तुति रहेको थियो ।उक्त कार्यक्रममा तिमीसँग आन्विका परिवार जनले संस्थालाई रु १,००,०००/- सहयोग गर्नुभएको कुरा सस्थाका हरिकला भुसाललेजानकारी गराउनु भयो

Share.

Leave A Reply