play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

नारायणी पुलमा तारबार लगाउन दबाव

0

चितवन कात्तिक, २४।
पश्चिम नेपाललाई जोड्ने नारायणी नदीमाथिको पुलमा तारबार गर्न दबाव बढेको छ । पुलबाट हाम्फालेर आत्महत्या गर्ने क्रम बढेपछि तारबार लगाउन दबाव बढेको हो ।भरतपुरका युवाहरूले हालै पुलमा तारजालीको छेकबार लगाउनुपर्ने माग गरेका हुन् । भरतपुर महानगर युवा सञ्जालका संयोजक सन्देश वाग्लेको नेतृत्वमा गएको टोलीले कात्तिक १८ गते भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

उनीहरुले पुलको दायाँ–बायाँतर्फ सुरक्षित रेलिङ र तरबार लगाउनुपर्ने माग गरेका छन् ।चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सुरक्षाका लागि पुलमा बार लगाउनुपर्ने बताए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका पूर्वप्रमुख सन्तोष पन्तले पुलका दुवैतर्फ पैदलयात्रीहरुका लागि लगाइएको रेलिङ होचो र मानिस छिर्न मिल्नेसमेत भएकाले तत्कालै पुलको सतहदेखि कम्तीमा पनि ३ मिटर अग्लो तारजाली लगाउनु बताउँछन् । उनले सम्भव भएसम्म जालीमाथिको एक मिटर भागमा कसैले छुँदा साइरन बज्ने प्रविधि जडान गर्नुपर्ने बताए । घटना भए तत्काल उद्धारका लागि मोटरवोटसमेत राखिनुपर्ने पन्तको भनाइ छ । भरतपुर महानगरपालिकाले प्राविधिकहरुको सल्लाहमा सुरक्षाका लागि उपयुक्त काम गर्ने जनाउँदै आएको छ ।मानसिक रोग विशेषज्ञ डा. सुनीलकुमार शाहले पुलमा जाली लगाउनु नराम्रो नभए पनि यसले नै आत्महत्या घटाउन सकिन्छ भन्ने कुरा सही नभएको बताए ।

Share.

Leave A Reply