play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

लेस्टरको अर्को शिकार आर्सनल

0

कार्तिक,२४ ।
प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले आर्सनललाई हराएको छ । गए राति घरेलु मैदानमा लेस्टरले आर्सनललाई २–० ले हराएको हो । उसको जितमा जेमी भार्डी र मेडिसनले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औ मिनेटमा भार्डीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

 

७५ औ मिनेटमा गेम्स मेडिसनले लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए । जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थान उक्लिएको छ । उसले १२ खेलबाट २६ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा लेस्टर ५ अंकले पछाडी छ । आर्सनल १७ अंक सहित छैटौ स्थानमा छ ।

Share.

Leave A Reply