play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

आजदेखि माडीमा राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला सुरु

0

चितवन,कार्तिक २३ ।

माडी नगरपालिका ५ मा रहेको एतिहासिक तथा धार्मिक स्थल सोमेश्वरगढीमा आजदेखि माडी राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला सुरु भएको छ ।आज एक कार्यक्रमका बीच माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कार्यशालाको उद्घाटन गर्नु भएको हो।उद्घाटन कार्यक्रममा नगरप्रमुख ढकालले सोमेश्वरगढी चितवन जिल्लाकै गहनाको रुपमा स्थापित हुने दाबि गर्नुभयो ।उहाले सोमेश्वर क्षेत्रमा प्रशस्त प्राकृतिक प्रस्तर रहेको र त्यही प्रस्तरमा मूर्ति निर्माण गर्दा प्राकृतिकताको प्रर्वद्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले चुरे पहाडको सबैभन्दा अग्लो सोमेश्वरगढी क्षेत्रको ऐतिहासिक,धार्मिक तथा पुरातात्विक महत्व रहेको र यसको समग्र विकासका लागि ९० करोड भन्दा बढीको गुरुयोजना तयार भैसकेको जानकारी दिनुभयो ।यसैबीच राष्ट्रिय प्रस्तर मुर्ती कार्यशालाको अर्को आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले मूर्तिकलाको माध्यमबाट नेपाली कलालाई अगाडी बढाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।


१८ दिन सम्म लगातार नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले सोमेश्वरगढी क्षेत्रमा प्रस्तर मुर्ती निर्माण गर्ने छ । कार्यशाला सम्पन्न गर्नको लागि १९ सदस्यीय मुल आयोजक समिती निर्माण गरिएको छ भने यो कार्यशाला सम्पन्न गर्नका लागि २५ लाख रकम बिनियोजन गरिएको छ ।गढी क्षेत्रको महत्वलाइ थप उचाई दिदै भबिष्यमा एउटा अनुसन्धानको केन्द्र बन्ने माडी नगरपालिका पर्यटन बिकास समितीका संयोजक पुरन महत्तोले जानकारी दिनुभयो। नगरपालिकाले गढी क्षेत्रमा गोल पार्क निर्माण, शालिग्राम पार्क,सुचना केन्द्र निर्माण,आवास,शुद्ध पिउने पानी,शौचालय लगायतको ब्यवस्था गरि सोमेश्वर भ्रमण गर्न आउने पर्यटकलाई सुबिधायुक्त भ्रमण गराउन द्रुत गतिमा काम अघि बढेको माडी नगरपालिका ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेलले बताउनुभयो ।अहिले थप ३ किलोमीटर नयाँ सडक निर्माण गरिएको बताउदै पोख्रेलले २ घण्टा ३० मिनेटको बाटो ३० मिनेटमा छोट्याएको जानकारी दिनुभयो।

Share.

Leave A Reply