play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

माडीको सडकको हालत:धुलोले स्थानिय पीडित:ठेकेदार भन्छन्:-३ महिना पछि काम सुरु

0

चितवन,कार्तीक २३ ।

ठेकेदारले सम्झौताअनुसार काम नगर्दा नारायणगढ माडी ठोरी सडक खण्डमा यात्रा गर्ने यात्रीहरु पानी पर्दा हिलो त घाम लाग्दा धुलो खेप्न बाध्य भएका छन्।अहिले बनकट्टाबाट बगहीसम्म एकै पटक निर्माण कार्य चलिरहेको छ।आशिस कन्ट्रक्सनले जिम्मा लिएको यस सडकखण्डको अहिले काम ठप्प हुदा धुलो उठेर बस्न नसकिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।साना ठुला गरि यो सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा सवारी साधनहरु हिँड्छन्। तर सुखले यात्रा गरेको कसैले पनि बताउँदैनन्।स्तरबृद्धिको क्रममा रहेको यो सडकखण्डको अधिकांश भागमा घाम लाग्दा साथ अत्यधिक धुलो उडेर मानिस नै चिन्न नसक्ने अवस्थामा पुग्छन्।सडक धुलाम्मे बन्दा दुर्घटनाको जोखिम पनि उत्तिकै मात्रामा बढेको छ। अगाडि पछाडिका सवारी साधनहरु नै नदेखिने गरी उड्ने धुलोका कारण सामान्य खालका दुर्घट्नाहरु भइरहेका हुन्छन्।पहिले कालोपत्रे रहेको ठाउमा समेत अहिले स्तरोन्नतिका लागि सडक भत्काउँदा सडकभरी खाल्डाखुल्डी छन । नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै राम्रो नहुदा यात्रा गर्दा धेरै गाह्रो पर्ने गरेको स्थानीयले बताए यातायात व्यवसायीहरुले पनि धुलो र हिलो सडकका कारण यातायात सञ्चालनमा निकै कष्ट खेप्नु परेको बताउँछन्।मुख्यतः साना ठूला सवारी साधन गुड्दा बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडक धुलाम्य हँदा त्यस वरपरका व्यवसायी तथा स्थानीयबासीहरु प्रभावित भइरहेका छन् भने बाटोमा हिँड्ने पैदलयात्रुसंगै दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र साना ठूला सवारी साधनमा यात्रा गर्नेहरुले समेत असहज महसुस गरिरहेका छन् ।

धुलोका कारण विभिन्न स्वास्थ्य समस्याहरु समेत देखिन थालेको स्थानीयबासीहरुको गुनासो छ । बरुवा र बसन्तपुरको मुख्य बजारबाहेक अन्यत्र सबैतिर बाटोमा ग्राभेल बिछ्याई छोडिएको छ । सडक कालोपत्रे गर्ने ठेक्का पाएको आशिष निर्माण सेवाले समयमै कालोपत्रेको काम सुरु नगर्दा बाटोमा धुलोको समस्या बढ्दै गएको हो । सो कम्पनीले बर्षायाम सकिएर दशैं सुरु हुनुअगावै माडीको बाटो कालोपत्रेको काम सुरुवात गरिने बताएको भएपनि हालसम्म पनि सडक कालोपत्रे काम सुरु हुन सकेको छैन ।ठेकेदारले निर्माणाधीन सडकमा धुलो नियन्त्रणका लागि पानी नहाल्दा विशेषगरी मोटरसाइकल र साइकलमा यात्रा गर्ने यात्रु तथा पैदल यात्रीलाई सकस भएको हो ।स्थानीय ब्यबसायीले पनि नगरपालिकाले बिशेस पहल गर्न आग्रह गरेका छन् यो क्षेत्रमा यातायातका साधन गुड्दा र हावा चल्दा धुलोेले आकाश नै छोपिएजस्तो हुन्छ भने त्यही धुलोेले वरपरको बस्ती तथा रुख–बिरुवा ढपक्क ढाक्ने गर्छ। धुलोेले शरीर छोप्छ अनि मान्छे नै चिन्न गाह्रो पर्छ। यता निर्माणको जिम्मा पाएको आशिस कन्ट्रक्सनले भने चितवन निकुञ्ज अन्तरगतको कसरा चेकपोस्टले गर्दा काम गर्न नपाएको आरोप लगाएको छ । कन्ट्रक्सनका इन्जिनियर रोहित भट्टराईले आफुहरुले माडीबासीको समस्या बुझेको बताउदै चाडो भन्दा चाडो काम सुरु गर्ने बताउनु भयो।उहाले ३ महिना भित्र काम सुरु गर्ने बताउदै आउदो जेठ सम्म सबै ठाउको कालोपत्रे सक्ने दाबि गर्नुभयो

Share.

Leave A Reply