play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिनर्जीको चासो कार्यक्रम प्रभाब:माडीमा सर्पदंसको उपचार हुने

0

चितवन, कात्तिक,२३ ।

माडीको बघौडा अस्पतालमा सर्पदंसको उपचार हुने भएको छ ।केहि दिन अघि चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जको कार्यक्रम चासोमा रिपोर्ट प्रसारण भएपछी बघौडा अस्पतालमा सर्पदंसको उपचार हुने भएको हो ।अस्पतालका मेसु आलोक कुमारले केहि दिनमै अस्पातालमा सर्पदंसको उपाचारका लागि आवश्यक पर्ने औसधि ल्याउन लागिएको बताउनुभयो ।यसपछि सामान्य उपचार पनि नपाएका माडीबासीले सर्पले टोकेमा उपचार हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।केहि दिन अघि सिनर्जी एफएमले माडी नगरपालिकामा सर्पदंसको उपचार सम्भब नहुदा स्थानीय चिन्तित भएको खबर चासो मार्फत सार्बजनिक गरेको थियो ।

अझैपनि माडी नगरपालिकामा सर्पदंसको उपचार सम्भब नहुदा स्थानीय चिन्तित भएका छन् ।माडीको सबैभन्दा सुबिधा सम्पन्न १५ शैयाको बघौडा अस्पतालमा समेत सर्पदंसका बिरामीको सामान्य उपचार समेत हुदैन ।खेतबारीमा काम गर्दा सर्पले टोकिहालेमा भरपर्दो उपचार सेवा माडीमा नहुँदा ज्यानै जाने हो कि भन्ने पिरलो रहेको माडीका एक स्थानीय रूपनारायण चौधरीले बताए । उपचारका लागि माडीबाहिर जानुपर्दा अधिकांशले ज्यान गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले सताउने गर्दछ डस्ने सर्प १० प्रतिशत मात्र विषालु हुने विज्ञहरूले बताएका छन् ।बाँकी ९० प्रतिशत विषालु नभए पनि माडीमा उपचार छैन भनेपछि बिरामी र आफन्त आत्तिने गरेको स्थानीयले दुखेसो गरे।

Share.

Leave A Reply