play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

टी–ट्वान्टी क्रिकेटमा नेपाल एमसीसीसंग १ सय १३ रनले पराजित

0

कार्तिक २३ ।
नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको छ । एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे । नेपालका राशिद खानले तीन विकेट लिए । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय क्रिकेट खेलिसकेको छ । तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो । एकदिवसीयमा भने नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो । अब एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण ११ र मुख्यमन्त्री ११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

Share.

Leave A Reply