play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

अयोध्याको विवादित जग्गा राम मन्दिरलाई दिन भारतीय सर्वोच्च अदालतको आदेश

0

कात्तिक,२३ ।
भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद राम मन्दिर विवादमाथिको अन्तिम फैसला गरेको छ । अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन आदेश दिएको छ । ४० दिनसम्मको लगातार सुनुवाइ भई गत अक्टोबर १६ मा सकिएपछि आज मुख्य न्यायाधीशले उक्त आदेश सुनाएका हुन्। साथै मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिइएको छ । १९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको विवादमा ६० वर्षपछि सर्वोच्चले यस्तो फैसला सुनाएको हो । सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा राखी रामको नियमित पूजा हुनुपर्नेमा सहमत हुन नसकेपछि यो विवाद बढेको थियो । तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त मूर्ति हटाउनका लागि निर्देशन दिँदासमेत तत्कालीन समयमा अस्वीकार हुँदै आएको थियो ।

Share.

Leave A Reply