play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

नेपालमा एक बर्षमा ७१ करोडको चुइङ्गम आयात

0

कार्तिक २३ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालले २१ लाख ४७ हजार ९१७ किलो चुइङ्गम आयात गरेको छ । उक्त आयातका लागि ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । १२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ । उक्त परिमाणको चुइङ्गम आयात हुँदा सरकारले भने ४३ करोड ९० लाख २० रुपैयाँ राजश्व आर्जन गरेको थियो । सरकारले आयात न्यूनीकरणका लागि काम गरिरहेको बताएको छ । तर आफ्नो देशमा उत्पादन नहुने र अति आवश्यक पनि नरहेको चुइङ्गम जस्तो वस्तुको आयातलाई निरुत्साहन गर्न सकेको छैन । यो आर्थिक वर्ष पनि चुइङ्गम आयात उस्तै छ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४ लाख २७ हजार ३६० किलो चुइङ्गम किनिसकेको छ । चुइङ्गम किन्नमा मात्रै तीन महिनामा १२ करोड ७६ लाख ८४ हजार रुपैयाँँ मुलुकबाट बाहिरिएको तथ्यांकबाट देखिन्छ । १२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ ।

Share.

Leave A Reply