play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

रुपन्देहीमा लागुऔषधसहित २ जना पक्राउ

0

कात्तिक ,२२।
रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् ।

पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

Share.

Leave A Reply