play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज एकादशी नदीमा स्नान गरी पूजा गरिदै

0

चितवन, कार्तिक ,२२।
आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र ब्रत बसी मनाइँदैछ । ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।

चितवनको देवघाट, सुन्दरबस्ती, सानो गढी, नारायणगढको नदी किनार, नवलपरासीको पिठौली, सिख्रौली, काठमाडुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।

Share.

Leave A Reply