play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

0

कार्तिक ,२२।
उपल्लो मुस्ताङमा आज देखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।चराङमा बिहानसम्म पानी परिरहेको ले मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ का वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

पानी र हिमपातका कारण चिसो बढेको र जनजीवन प्रभावित भई डाँडाहरुलगाएत बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरला लगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु पोखरा, काठमाडौं, चितवन, बुटवल लगायतका ठाउँमा झर्न थालेका छन् ।घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् ।रासस

Share.

Leave A Reply