play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

एमसीसीले नेपाललाई ३ सय ९३ रनको फराकिलो लक्ष्य दियो

0

कात्तिक २२,
इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबविरुद्धको तीन दिवसीय फर्स्ट (क्लास) खेलमा नेपालले तीन सय ९२ रनको लक्ष्य पछ्याइरहेको छ । दुई विकेटको क्षतिमा ९१ रनको स्थितिबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले ९० रन बनाउन बाँकी चार विकेट गुमायो । ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले पारी समाप्तिको घोषणा गरेको छ । तीन सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले ब्याटिङमा छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले पहिलो इनिङ्समा तीन सय ६४ रन बनाएको थियो । नेपाल भने एक सय ५३ रनमा रोकिँएको थियो ।

Share.

Leave A Reply