play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भरतपुरमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु

0

चितवन,कात्तिक २२ ।

भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा गए राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना ३६ प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

Share.

Leave A Reply