play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

एएफसी यू १९ च्यापिम्पयनसिपमा नेपाल र इरान भिड्दै

0

कार्तिक २२ ।
एएफसी यू १९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज नेपालले घरेलु टिम इरानको सामना गर्दैछ । छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको नेपाल इरानविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । बलियो टोली इरान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । आजै हुने पहिलो खेलमा युएई र किर्गीस्तान भिड्नेछन् । समूह डी मा इरान र युएईको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा युएई पहिलो स्थानमा रहेको हो । यस्तै नेपाल र किर्गीस्तान भने अंक विहीन रहदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आईतबार किर्गीस्तानको सामना गर्नेछ ।

Share.

Leave A Reply