play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रत्ननगरको चित्रसारीमा एकादशी मेला, मुख्य आकर्षण राउन्ड बत्ती 

0

चितवन, कात्तिक, २२ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा न ८ मा चितवनकै चर्चित चित्रसारी मेला लागेको छ । हरिबोधनी एकादशीको अवसरमा हरेक वर्ष चित्रसारीमा सो मेला लाग्ने गर्दछ । पूर्वी चितवनको  खैरहनी–७ मझुईको ब्रह्मथानमा,माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको छ ।

मेलामा अत्यधिक उखुको व्यापार हुने गरेको छ । एकादशीमा व्रत बसेकाहरुले चित्रसेन बाबाको मन्दिरमा पूजाआजा गर्ने र मेला हेर्ने गर्दछन् । मेलाको मुख्य आकर्षण नै खानेकुरामा उखु र खेलकुदमा राउन्ड बत्ती हो । मेला भर्न आएकाहरु राउन्ड बत्ती खेल खेलेर मनोरञ्जन लिने गरेका छन् । मेलामा १५० बढी व्यावसायिक स्टलहरु रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ ।  लामो समयदेखि यहाँ मेला लाग्ने गरेको कारण चितवन जिल्लासहित नवलपरासी र मकवानपुरबाट समेत मेला भर्न आउने गरेका छन् ।

Share.

Leave A Reply