play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भारत पठाइए आत्महत्या गर्छु-नीरब मोदी

0

कात्तिक,२१।
लण्डन प्रहरीको नियन्त्रणमा रहेका हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन् ।मंगलबार अदालतमा उपस्थित गराइएका मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको भन्दै यदि भारत पठाइए आत्महत्या गर्ने बताएका हुन् ।भारतले नीरबलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आएको छ ।आफूलाई जमानतमा रिहाइको माग गर्दै आएका नीरबलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । टाइम्स अफ इण्डियाका अनुसार उनले आफूलाई जेलमा तीन पटकसम्म कुटपिट गरिएको समेत बताएका छन् ।

जेलमै रहेका दुई जना कैदी उनी भएको ठाउँमा आएको र ढोका थुनेर कुटपिट गरेको मोदीको भनाइ छ ।यद्यपि यी सब दलील पेश गरे पनि अदालतमा कुनै असर नदेखिएको र उनको जमानतमा रिहाइको माग खारेज भएको समाचारमा उल्लेख छ । योसमेत गरी चार पटकसम्म उनको जमानतमा रिहाइको माग अदालतले खारेज गरिसकेको छ ।नीरब मोदी सात महिनादेखि लण्डनको वाड्सवर्थ जेलमा छन् । उनी भागेर लण्डन पुगेको बेला सात महिना अगाडि होल्बोर्न इलाकाबाट पक्राउ परेका थिए ।उनी भारतमा सन् २०१८ मा भएको पन्जाब नेशनल बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । बैंकबाट करिब १३ हजार करोड भारु घोटाला भएको थियो, यसलाई भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ ।उनी सन् २०१० मा स्थापना गरिएको नीरब मोदी ग्लोबल डायमण्ड ज्वेलरी हाउसको संस्थापकसमेत हुन् ।

Share.

Leave A Reply