play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा होटल–रेष्टुराँ खोल्न चिनियाँको आकर्षण

0

कात्तिक,२१ ।
नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको छ । आर्थिक वर्षको सुरुवाती तीन महिनामै सात अर्ब लगानी गरेर ३६ वटा होटल तथा रेष्टुराँ स्थापनाका लागि चिनियाँ व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।प्रारम्भिक लगानी प्रतिबद्धतामा जनाइएअनुसार चिनियाँ लगानीका होटल दुईतारे हुनेछन् । चिनियाँ व्यवसायीले काठमाडौं तथा पोखरामा होटल तथा रेष्टुराँ सञ्चालन गर्न चाहेको उद्योग विभागले जनाएको छ । विभागमा चालू आर्थिक वर्षको तीन महिनामा प्रतिबद्धता लिएका यस क्षेत्रका ३९ वैदेशिक लगानीका उद्योगमध्ये ३६ वटा चिनियाँ होटल तथा रेष्टुराँ छन् ।प्रतिबद्धता अनुसार, ५ करोड लगानीमा १६० सिटको रेष्टुरेन्ट चिनियाँ लगानीकर्ताले चितवनमा सञ्चालन गर्ने छन् । यस्तै एसडब्लू होटल नेपाल पोखरामा ३० बेडको होटल र ६० सिटको रेष्टुराँमा चिनियाँ लगानीकर्ताकै ५ करोड लगानी रहनेछ ।

पोखरामै ३६ वेडको होटल र ५० सिटको रेष्टुराँ सञ्चालन गर्न पनि चिनियाँ लगानीकर्ताले १० करोड रुपैयाँ लगानी ल्याउनेछन् । बाँकी ३३ वटा होटल रेष्टुराँ भने काठमाडौंमा खुल्नेछन् ।प्रतिबद्धता अनुसार चिनियाँ लगानीका होटल रेष्टुराँ सञ्चालनमा आए नेपालमा १३ सय ३६ वटा होटलका कोठा थप हुनेछन् भने रेष्टुराँको सिट संख्या २५ सय २५ ले बढ्ने छ ।इलाम र काठमाडौंमा भारतीय लगानीका दुई वटा रेष्टुराँ खोल्न विभागबाट स्वीकृति लिइएको छ । यस्तै काठमाडौंमा रेष्टुराँ खोल्न एउटा जापानी लगानी प्रतिबद्धता पनि आएको छ । करिब ५० करोड रुपैयाँ लगानी गरेर मङ्लोरी नेपालले पूर्ण भारतीय लगानीको ४० बेडको होटल र ८० सिटको रेष्टुराँ खोल्दैछ । यस्तै इलाममा ३० बेडको होटल र ५० सिटको रेष्टुराँ पनि भारतीय लगानीमा खुल्दैछ । यसमा पूर्ण भारतीय स्वमित्वको १० करोड खर्च हुने प्रारम्भिक आकलन छ ।काठमाडौंमा १४० सिटको रेष्टुराँ खोल्न जापानी लगानीकर्ताले पनि उद्योग विभागबाट लगानी प्रतिबद्धता गराएका छन् । उक्त क्षमताको रेष्टुराँ खोल्नका लागि सुरुवाती ५ करोड रुपैयाँ लगानी भित्रिने विभागले जनाएको छ ।होटल–रेष्टुराँ मात्रै नभएर सबै क्षेत्रमा लगानी बढ्दो क्रममा भएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौला बताउँछन् ।‘मुलुकमा स्थायीत्वसँगै पर्यटनको सम्भावना बढेकाले पनि आतिथ्य क्षेत्रमा लगानी बढेको छ,’ महानिर्देशक सिटौलाले भने ।मुलुकमा स्थायीत्वको वातावरण बनेसँगै पर्यटनको सम्भावना बढेको र त्यसले सेवा क्षेत्रमा लगानी बढ्दो क्रममा रहेको विभागका निर्देशक प्रेम लुइँटेल बताउँछन् । होटल र रेष्टुराँ क्षेत्रमा नेपालमा विदेशी लगानी भित्रिनु राम्रो भए पनि लगानीको विकेन्द्रीकरण उपयुक्त ढंगले हुन नसके समस्या पैदा हुन सक्ने नेपाल होटल एशोसिएसनका पूर्वअध्यक्ष अमरमान शाक्य बताउँछन् ।‘लगानीको सकारात्मक सूचकसँगै पर्यटक आगमनको वातावरण बढाउन राज्यले धेरैका काम गर्न जरुरी छ,’ शाक्यले भने । पर्यटकीय सिजनमै काठमाडौंका होटल आधी खाली रहने अवस्थामा शहर केन्द्रित लगानी थुप्रिने अवस्थाले व्यवसायको हित नगर्ने शाक्यको भनाइ छ ।

Share.

Leave A Reply