play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

चीनमा भिडियो गेम खेल्ने समय र खर्च सीमा तोकियो

0

कात्तिक,२१ ।
चीन सरकारले बालबालिकाहरुलाई ‘अनलाइन गेम’को लत छुटाउने उद्देश्यले समय र खर्च सीमासमेत तोकिदिएको छ ।अब १८ वर्षभन्दा मुनिका व्यक्तिहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन् । त्यसबाहेक सामान्य दिनमा ९० मिनेट र बिदाको दिनमा ३ घण्टा मात्र अनलाइन गेम खेल्न पाइनेछ ।अनलाइन गेमको हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चिनियाँ बालक, किशोर र युवाहरु अधिकांश मोबाइलमा समय बिताइरहेको देखिन्छ । उनीहरुमध्ये धेरैजसो भिडियो गेम खेलिरहेका हुन्छन् ।धेरै समयसम्म अनलाइन गेम खेल्दा स्वास्थ्यमा नराम्रो असर परेको निष्कर्षसहित चीन सरकारले गत मंगलबारदेखि अनलाइन गेम खेल्ने समय र खर्चसीमा समेत तोकिदिएको हो ।आठदेखि १६ वर्ष उमेरकाले अनलाइन गेममा मासिक २०० युआन ९करिब ३४ सय नेपाली रुपैयाँ० सम्म खर्च गर्न पाउने छन् ।

१६ देखि १८ वर्षसम्मका युवाहरुले भने मासिक ४०० युआन ९करिब ६ हजार ८ सय नेपाली रुपैयाँ०सम्म खर्च गर्न पाउने छन् ।धेरै समयसम्म अनलाइन गेम खेल्दा बालबालिकाहरुको दृष्टि क्षमता कमजोर र मानसिक स्वास्थ्यमासमेत समस्या आएको पाइएको छ ।त्यसैले सन् २०१८ मा चीनले नयाँ भिडियो गेम उत्पादन अनुमति बन्द गर्दै अनलाइन गेमलाई नियमन गर्ने निकायसमेत गठन गरेको थियो ।विश्व स्वास्थ्य संगठनले अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ भन्दै मानसिक रोगसँग सम्बन्धित रहेको ठहर गरेको थियो ।यद्यपि हालै आएको अमेरिकी साइकाएट्री एसोसिएशनले मनोरोग सम्बन्धी नियमावलीमा यसलाई औपचारिक रुपमा सूचीकृत गरेको छैन तर अनलाइन गेमिङ डिसअर्डरको बारेमा थप अध्ययन आवश्यक रहेको सूचीमा सूचिकृत गरेको छ ।कतिपय देशहरुले धेरै भिडियो गेम खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रुपमा लिने गरेका छन् । कतिपय स्थानमा त यसको उपचारका लागि निजी क्लिनिकसमेत खोलिएका छन् ।

Share.

Leave A Reply