play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

बूढीगण्डकी आयोजना चाइना गेजुवालाई दिन समझदारीपत्रमा हस्ताक्षर

0

जेष्ठ २१, सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने विषयमा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
आइतबार ऊर्जामन्त्री जनार्दन शर्माले सीजीजीसँग एमओयुमा हस्ताक्षर गरेको जानकारी दिए ।

आफ्नो कार्यकालमा भएको प्रगतिका बारेमा मन्त्रालयमा जानकारी दिँदै उनले आज सीजीजीसीसँग एमओयू भएको बताए । बूढीगण्डकी निर्धारित समयभन्दा अगावै सम्पन्न हुने उनले दावी गरे । “तोकिएको समयभन्दा अगावै सम्पन्न हुने गरी मैले सहमतिपत्रमा हस्ताक्षर
गरेको छु,” उनले भने ।

अाज बिहान प्रधानमन्त्रि पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा उर्जामन्त्री शर्मा र गेजुवाका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षार गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले प्रस्तावित बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजन चीन सरकार स्वामित्वको कम्पनीलाई निर्माण गर्नका लागि सैद्धान्तिक सहमति दिएपछि आज एमओयूमा हस्ताक्षर भएको हो । सीजीजीसीसँग १ हजार २ सय मेगावाटको जलाशययुक्त आयोजना विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्ने (इपीसीएफ) खाकामा बनाउने सहमति भएको हो ।

मन्त्रिपरिषदले जलविद्युत आयोजनामा डिजाइन, निर्माण र लगानीसमेत गर्ने (ईपीसीएफ) नीति र कार्यविधि बनाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सीजीजीसीले ईपीसीएफ खाकामा बनाउने प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले नीति र कार्यविधि बनाएर सम्झौता गर्न सैद्धान्तिक सहमति दिएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा त्यहाँका सरकारको अनुरोधमा बूढीगण्डकी गेजुवालाई दिने निर्णय गरेको हो । गेजुवाले गत साउनमा ऊर्जा मन्त्रालयमा आशयपत्र पेश गरेको थियो ।

Share.

Leave A Reply