play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

चिकित्सा शिक्षा आयोगको निर्देशकमा आवेदन आह्वान

0

कार्तिक ,१९ ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा आवेदन आह्वान गरिएको छ ।इच्छुक व्यक्तिले ५०० शब्दमा नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालयमा वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका कात्तिक २१ गतेभित्र दिनुपर्नेछ ।आयोगको निर्देशकका लागि सम्बन्धित काममा १५ वर्षको अनुभवप्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको व्यक्ति नियुक्ति गर्ने व्यवस्था छ । निर्देशकको नाम आयोगको उपाध्यक्षसामु सिफारिस गर्न प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।चिकित्सा शिक्षा आयोगलाई पूर्णता सरकारले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिएको छ । आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मनोनयन गर्नुपर्ने सदस्यहरु नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हो ।प्रधानमन्त्री ओलीले नागरिक समाजको लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट डा.रमेशकान्त अधिकारी र डा.गीता गुरुङलाई आयोगको सदस्यमा नियुक्त गरेका छन् ।

चिकित्सा शिक्षाका विज्ञमध्येबाट डा.दिव्यासिंह शाह, प्रा. डा.शैली प्रधान र प्रा। डा। जगदिश अग्रवाल नियुक्त भएका छन् । आयोगमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सदस्यमा मनोनित गरिएको छ ।राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्षमा सरकारले श्रीकृष्ण गिरीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।आयोगको सदस्यहरुमा राष्ट्रिय योजना आयोगको शिक्षा तथा स्वास्थ्य हेर्ने सदस्य, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका सदस्य, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)का उपाध्यक्ष पनि रहने व्यवस्था छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष पनि आयोगको सदस्य रहनेछन् । त्यस्तै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, निजी मेडिकल र डेन्टल कलेज सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष पनि आयोगको सदस्य रहने व्यवस्था ऐनमा गरिएको छ ।मेडिकल र डेन्टलबाहेकका निजी शिक्षण संस्था सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष र स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तीमा एक जना महिलासहित २ जना पनि सदस्य रहने व्यवस्था छ ।

Share.

Leave A Reply